कञ्चनपुरकाे भीमदत्त नगरपालिकाकाे वडा नं. ६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाइ उम्मेदवार बनाउने भएकाे छ।यसका साथै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ।
मंसिर १६ गते ४४ स्थानीय तहका विभिन्न रिक्त स्थानमा उपचुनाव हुँदैछ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।२०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भएको थिएन।
रास्वपाले उम्मेदवारी दर्ताको मनोनय पत्रमा हस्ताक्षर गर्ने जिम्मा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ। यसअघि उक्त अधिकार सभापति रवि लामिछानेलाई थियो। उनी सहकारी बचत ठगी र संगठित अपराधको अभियोगमा हिरासतमा रहेकाले केन्द्रीय समितिले सो अख्तियारी बुर्लाकोटीलाई दिएको हो।