२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा महिला स्वरोजगारका लागि शनिबारे मेला र युवाका लागि रात्रिकालीन बजार लाग्ने

खबर सम्बाददाता २८ कार्तिक २०८१, बुधबार
धनगढीमा महिला स्वरोजगारका लागि शनिबारे मेला र युवाका लागि रात्रिकालीन बजार लाग्ने

कैलालीको धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने भएको छ।

धनगढी उपमहानगरपालिकाले आगामी मंसिर १ गतेबाट प्रत्येक शनिवार महिला लक्षित मेलाको आयोजना गर्ने भएको हो।

धनगढी उपमहानगरपालिका–१ पार्क अगाडी शनिवार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मेला लाग्ने भएको हो। यसका लागि ३५ वटा स्टल तयार गरिन लागेको छ। खानेपानी, विद्युत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्थासमेत गरिन लागेको उपमहानगरपालिकाले जनाएको छ।

धनगढीमा स्थायी बसोबास गर्दै आएका महिलाहरूले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बिक्रीवितरण गर्न मेलाको आयोजना गरिन लागिएको नगरप्रमुख गोपाल हमालले बताए।

उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन बजार समेत सञ्चालन गर्ने भएको छ। धनगढीमा अध्ययनका लागि बसोबास गर्दै आएका युवाहरूका लागि साँझ ६ देखि राति १० बजेसम्म बजार सञ्चालन गर्न तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। पहिलो चरणमा महिला र दोस्रो चरणमा युवा लक्षित बजार सञ्चालन हुने नगरप्रमुख हमालले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin