कैलाली मा ठूलाे परिमाणमा लागु औषध चरेश बरामद भएकाे छ । जिल्लाकाे वडा प्रहरी कार्यालय धनगढीबाट खटिएकाे प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०५ लब्लि चोक स्थित प्रहरी चेकजाँचको क्रममा ३६ किलो ६६२ ग्राम (प्लाष्टिक सहित) लागु औषध चरेश बरामद गरेकाे हाे ।
अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर NS मो.सा. लाई चेकजाँच गर्न खोज्दा चालक सहित पछाडी सवारको नाम, थर, वतन खुल्न नआएका व्यक्तिहरुले सेतो कलरको १ कट्टा (बोरा) मा ३६ किलो ६६२ ग्राम (प्लाष्टिक सहित) ला.औ. चरेश फाली भागी फरार रहेका र उक्त मो.सा. र निजहरु दुबै जनाको खोजतलास कार्य भईरहेको जिल्लाकाे प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।