५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

मंसिर १९ गतेदेखि घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने

खबर सम्बाददाता ३० कार्तिक २०८१, शुक्रबार
मंसिर १९ गतेदेखि घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने

हरेक वर्षझै यस वर्षपनि घोडाघोडीमा लवाङ्गी पुजा तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।

घोडाघोडी नगरपालिका–१ मा घोडाघोडी मन्दिर परिसरमा ‘घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव’ हुने भएको हो । ‘हमार संस्कृति हमार पहिचान, संस्कृति जगेर्ना करना हमार अभियान’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सव मंसिर १९ देखि २१ गतेसम्म आयोजना हुनेछ ।

घोरीघोरा नगर भल्मन्सा कार्य समिति र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने महोत्सव बारे शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

लवाङ्गी पुजा तथा महोत्सवका लागि तयारी सुरु गरिएको मूल आयोजक समितिका संयोजक बुधराम चौधरी जानकारी दिए । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका १ सय ७३ गाउँका भलमन्सा, गुरुवा र चिराकी सहित स्थानीयहरुको उपस्थित हुने बताईएको छ ।

महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा थारु समुदायको पुरानो बर्का नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुती हुने जनाइएको छ ।थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखि मनाइँदै आएका छन् । यो पर्वमा विशेष गरी थारु समुदायहरूले नयाँ बाली भित्र्याईसकेपछि उक्त अन्नबालीलाई प्रसादको रूपमा आफ्ना देवी देवताहरूलाई चढाइने गरिन्छ । यसका साथै सोही दिन पञ्चतत्व अर्थात् प्रकृतिको पनि पूजन गरिन्छ ।

लवाङ्गी पुजाको दिन घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाइने गरिन्छ । बलि दिने कार्यमा थारु लगायत गैर थारु समुदायहरूको पनि बाक्लो उपस्थिति रहने गर्दछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin