७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

धनगढी उप महानगरद्वारा तिन महिनामा ९४ जनालाई ३१४ पिन्ट रगत उपलब्ध

खबर सम्बाददाता ३० कार्तिक २०८१, शुक्रबार
धनगढी उप महानगरद्वारा तिन महिनामा ९४ जनालाई ३१४ पिन्ट रगत उपलब्ध

धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निशुल्क रगत उपलब्ध गराएको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत निशुल्क उपलब्ध गराएको हो।

उपमहानगरपालिकाले यो वर्षदेखि रगत आवश्यक पर्ने नगरबासीलाई निशुल्क रगत दिने व्यवस्था मिलाएको हो। धनगढी स्थायी बसोबास भएका बिरामीले डाक्टरको सिफारिसमा नेपाल रेडक्रस धनगढी शाखाबाट निस्शुल्क रगत दिने व्यवस्था मिलाएको हो। रेडक्रसलाई त्रैमासिक रुपमा बिरामीले लगेको रगत बापतको रकम उपमहानगरले भुक्तानी गर्ने सम्झौता गरेको छ।

उपमहानगरले वडा नम्बर १ मा १३ जनाले, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ८ जना, वडा नम्बर ५ मा ५ जना र वडा नम्बर ६ मा ४ जनाले निस्शुल्क रगत प्राप्त गरेको जनाएको छ। यसैगरी, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ९ जना, वडा नम्बर ९ मा ४ जना, वडा नम्बर १० मा २ जना, वडा नम्बर ११ मा ४ जना, वडा नम्बर १२ मा ६ जनाले निशुल्क रगत प्राप्त गरेका छन्। यस्तै, वडा नम्बर १३ मा ७ जना, वडा नम्बर १४ मा ३ जना, वडा नम्बर १५ मा ४ जना, वडा नम्बर १६ मा ५ जना, वडा नम्बर १७ मा ३ जना र वडा नम्बर १९ मा १ जनाले निस्शुल्क रगत प्राप्त गरेको उपमहानगरले जनाएको छ।

निस्शुल्क रगत प्राप्त गर्नेमा ५२ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। यस्तै, सेवा लिनेमा ६१ प्रतिशत जनजाति, २० प्रतिशत ब्राह्मणरक्षेत्री, १२ प्रतिशत दलित र १ प्रतिशत अन्य समुदायका रहेको उपमहानगरले जनाएको छ। उपमहानगरले उपचारको क्रममा कुनै बिरामीलाई रगत तथा रगतजन्य पदार्थ आवश्यक परेमा सोझै रेडक्रस कैलाली शाखामा सम्पर्क गर्ने र चिकित्सकको सिफारिसका आधारमा रगत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। निस्शुल्क रगत प्राप्त गर्न वडा या पालिकाको सिफारिस आवश्यक नपर्ने उपमहानगरले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin