७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

खबर सम्बाददाता ३० कार्तिक २०८१, शुक्रबार
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको हो।

क्यानका सचिव पारस खड्का सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए। यद्यपि रकमबारे उनी खुलाउन चाहेनन्। ‘टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगानी हुनु भनेकै हाम्रो लागि ठूलो हो,’ आयोजित पत्रकार सम्मेलनमा उनले भने।

स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin