१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

लालझाडी गाउँपालिकाद्वारा हात्ती पीडितलाई राहत वितरण

खबर सम्बाददाता ३ मंसिर २०८१, सोमबार
लालझाडी गाउँपालिकाद्वारा  हात्ती पीडितलाई राहत वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा लालझाडी गाउँपालिका ले  तत्काल को लागि राहत वितरण गरेको छ।

हिजो राती १ बजे जंगली हात्ती को बथानले लालझाडी गाउँपालिका का तीन घर भत्काएको थियो। लालझाडी गाउँपालिका वडा नं ४ खल्ला जाई बस्ने ठग्गी कडरा,हरिलाल टमटा,र सारदा टमटा को घर पूर्ण रूपमा घर क्षति गरेको थियो। घरमा भएको लत्ता कपडा,भाडाकुडा , अन्नपात सबै नष्ट गरेको थियो।

तत्कालीन राहत को लागि लालझाडी गाउँपालिका का उपाध्यक्ष सपना चौधरी ले १ कट्टा चामल ,१ लिटर तेल,१ केजी नुन, त्रिपाल, आलु ,पिठो ,बाल्टी ,हल्दी लगायत का राहत वितरण गरिएको छ । तत्कालीन सान्त्वना को लागि सो राहत वितरण गरिएको र अरु घरको क्षति को बारेमा प्रदेश सरकार संग पहल गरेका छौ भनेर उपाध्यक्ष सपना चौधरी रानाले जानकारी गराउनु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin