२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

वनलाई जनतासँग जाेडेर समृद्धितर्फ लाग्नुपर्छ : मन्त्री शाही

खबर सम्बाददाता १५ मंसिर २०८१, शनिबार
वनलाई जनतासँग जाेडेर समृद्धितर्फ लाग्नुपर्छ : मन्त्री शाही

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तु र मानवबीचकाे द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले अहिले त्यस अनुसार याेजना बनाइरहेकाे उनले बताए । शनिवार धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री शाहीले पछिल्लाे समय देशभरी नै मानव र वन्यजन्तुबीच द्वन्द्व देखिएकाले त्यसकाे न्यूनीकरणका लागि मन्त्रालय अघि बढेकाे बताए ।

उनले भने, ‘कैलाली कंचनपुर घुम्दा पनि मानव र वन्यजन्तुबीचकाे द्वन्द्वले समस्यामा पारेकाे भेटियाे, अब न्यूनीकरणका लागि याेजनासहित अघि बढछाै ।’

मन्त्री शाहीले कञ्चनपुरमा आरक्षबाट पीडितलाई व्यवस्थापनका लागि आयाेग बनेकाे त्यसकाे अवस्था पनि बुझेकाे बताए । उनले भने, ‘अब वनलाई जनतासँग जाेडेर समृद्धितर्फ लाग्नुपर्छ, बनलाई पर्यटनसँग जाेडनु पर्छ ।’

पूर्वाधार अभावले पर्यटन विकास नभएकाे मन्त्री शाहीकाे भनाइ छ । धार्मिक र पर्यटकीयस्थल संरक्षण अभावमा ओझेलमा परेकाले अब सरकारले संरक्षणकाे याेजना बनाउने उनले बताए ।

बाजुराकाे बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा अघि बढाउने याेजना सरकारकाे रहेकाे मन्त्री शाहीकाे भनाइ छ ।

उनले भने, ‘अब बडिमालिका संरक्षणकाे याेजना बनाएर तत्काल सरकार अघि बढछ ।’ वर्तमान सरकार एउटा ऐतिहासिक सम्झाैता र सहमतीमा बनेकाे बताउँद‌ै मन्त्री शाहीले जनताकाे निराशालाई आशामा बदल्ने गरि सरकार अघि बढेकाे उल्लेख गरे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin