५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कैलालीको धनगढीमा ४ जना युवक लागूऔषधसहित पक्राउ

खबर सम्बाददाता ४ पुष २०८१, बिहीबार
कैलालीको धनगढीमा ४ जना युवक लागूऔषधसहित पक्राउ

कैलालीको धनगढीबाट ४ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदाबरी नगरपालिका–११ बस्ने २६ वर्षीय महेश राज बोहरा जैशी ४१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। जैशीलाई लागूऔषध ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–१ शैलेश्वरी क्याम्पस नजिकबाट सोही ठाउँका २५ वर्षीय संजय नेपाली, २८ वर्षीय सुनिल नेपाली र ४७ वर्षीय लक्ष्मण पाकी पनि २६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin