१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

भादामा थारु होमस्टे महोत्सव पुस १७ गतेदेखि २१ गतेसम्म हुने

खबर सम्बाददाता ५ पुष २०८१, शुक्रबार
भादामा थारु होमस्टे महोत्सव पुस १७ गतेदेखि २१ गतेसम्म  हुने

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ ।

थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ थारु होमस्टे महोत्सव आयोजना हुने भएको हो । सो महोत्सव यही पुस १७ देखि २१ गतेसम्म आयोजना हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भादामा सन् २०११ बाट होमस्टे सञ्चालनमा छ । होमस्टेको प्रचारप्रसार तथा प्रवद्र्धनका साथ थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने जनाइएको छ । महोत्सव सम्पन्न गर्नका लागि मूल आयोजक र नौ वटा विभिन्न उपसमिति गठन गरेको जनाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin