पुनर्बास नगरपालिका-११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजनामा शनिबार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। उक्त शिविर लायन्स क्लब अफ धनगढी सिटी र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा रहेको थियो ।
बिहान ९:३० बजेबाट सुरु भएको शिविरमा स्थानीय , विद्यार्थी र अभिभावक गरी ३२० जनाले आँखा जाँच तथा परामर्श सेवा लिएको स्कुलका प्रधानाध्यापक दीर्घराज ओझाले जानकारी दिएका हुन । प्रधानाध्यापक ओझाका अनुसार विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले सामाजिक क्रियाकलापलाई प्राथमिकता दिँदै आएका छौ ।
गत वर्ष दन्त शिविर सञ्चालन गरेको विद्यालयले यस वर्ष स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा शिविर आयोजना गरेको थियो।