२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा पुष ९ गते दलित सामाजिक मञ्च आयोजना हुने

खबर सम्बाददाता ७ पुष २०८१, आईतवार
धनगढीमा पुष ९ गते  दलित सामाजिक मञ्च आयोजना हुने

धनगढीमा दलित सामाजिक मञ्च आयोजना हुने भएको छ । दलित विकास सेवा केन्द्रको मूल आयोजनामा धनगढीको सौराइ ब्याङ्केटमा पुस ९ गते दलित सामाजिक मञ्च कार्यक्रम हुन लागेको हो । राज्यको मूल प्रवाहीकरणबाट बाहिर रहेका यस क्षेत्रका दलित, हलिया ,वादी समुदाय अहिले पनि पछाडि परेका छन्। यिनै समुदायको हकहितका लागि र राज्यसँग आफ्नो अधिकार माग्नको लागि उक्त कार्यक्रम गरिन लागेको आयोज टेक बि.कले बताए। राज्यको विकासमा लाग्नुपर्ने समयमा आफ्नो अधिकार राज्यसँग माग्नु परेको दुखद अवस्थालाई निराकरण गर्न उक्त कार्यक्रमले सहयोग पुग्ने उनको ठम्याई छ ।

मानव अधिकारकर्मी ,निर्वाचित दलित जनप्रतिनिधि, दलित मानव अधिकारकर्मी ,त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका कानुन लगायत अन्य विधामा अध्ययनरत विद्यार्थी, राजनीतिक दलका नेता ,नीति निर्माता ,नागरिक समाज, सञ्चारकर्मी, आन्दोलनमा योगदान पुर्‍याउने स्वदेशी विदेशी व्यक्तिहरू लगायत गरी कार्यक्रममा ७०० जना भन्दा बढीको सहभागिता रहने छ। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने गरी तय गरिएको छ। साथै कार्यक्रममा दलित अधिकारको घोषणापत्र बनाई सरकारलाई साँझा रूपमा बुझाउने तयारी समेत गरिएको छ।

आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने र जोखिममा रहेका समूहलाई लक्षित गर्दै दलित समाजिक मञ्चले हरेक वर्ष उक्त कार्यक्रमलाई विशेष प्राथमिकताका साथ देशभरि नै आयोजना गर्ने योजना रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin