नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन अनुसार नेपाली कांग्रेसको १०० दिने विशेष अभियानका क्रममा बर्दियाको विभिन्न पालिकाहरुमा कार्यक्रमहरु जारी राहेको छ ।
नेपाली कांग्रेस बर्दियामा १०० दिने विशेष अभियानका लागि नेपाली काङ्ग्रेस केन्द्रबाट केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट केन्द्रीय प्रतिनिधिका रूपमा रहेकी छन । केन्द्रीय प्रतिनिधि सुशीलाको उपस्थितिमा जिल्लाका ८ पालिकामा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सञ्चालन गर्ने क्रम जारी रहेको नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले जानकारी दिए ।
अभियानका क्रममा पुस ७ गते बर्दियाको बाँसगढी नगर कार्यसमिति द्वारा आयोजित १०० दिने विशेष अभियान कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि सुशीला मिश्र भट्टले “आम जनताका गुनासो, स्थानीय कार्यकर्ताको समस्या र संगठन सुदृढीकरणका बारेमा जानकारी लिएर प्रतिवेदनका रूपमा केन्द्रमा पेस गरिने भट्टले भनिन् ।
जनता र कार्यकर्ताका गुनासो सँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने समेत भट्ट ले बताइन । कांग्रेस सरकारमा रहेको अवस्थामा अहिलेको गठबन्धनलाई आम जनता र कार्यकर्ताको बुझाइ र भ्रम भए त्यसलाई चिर्न यो अभियान सफल हुने समेत भट्टले जानकारी दिईन ।
आन्तरिक समस्या भए त्यसलाई समाधान गर्दै अघि बढ्न सहज हुने समेत केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले भनिन् ।
जनता र कार्यकर्ताका जायज गुनासो भए सम्बोधन गर्दै समाधानको पाटोमा पार्टीलाई लैजान अभियान फलदायी हुने समेत उनले बताइन ।
नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन अनुसार १०० दिने विशेष अभियान संचालनका कार्यक्रमहरुका क्रममा पुस ६ गते देखि पुस १३ गते सम्म बर्दिया जिल्लाका आठ वटै पालिकाहरुमा पालिका स्तरिय १०० दिने विशेष अभियान संचालन जारी रहेको नेपाली काङ्ग्रेस बर्दियाका सचिव जग्गाप्रसाद पाण्डेले जानकारी दिएका हुन ।