२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु

खबर सम्बाददाता ९ पुष २०८१, मंगलवार
तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला  शुरु

कञ्चनपुरको बेलौरीमा आजदेखि तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सञ्चालन भएको छ । 

बेलौरी उद्योग वाणिज्य सङ्घको आयोजना तथा बेलौरी नगरपालिकाको सह–आयोजनामा बेलौरीको खुलामञ्चमा सञ्चालन गरिएको महोत्सव पुस १७ गतेसम्म जारी रहने छ ।

‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बेलौरीको मूल आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्दै कृषि, उद्योग र व्यापार क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने लक्ष्य राखेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनुभयो ।

महोत्सवमा राखिने स्टलमा स्थानीय कृषि उत्पादन, जैविक वस्तुहरू, हस्तकला, औद्योगिक सामग्री र आधुनिक प्रविधिको प्रदर्शनी गरिने बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोविन्द सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवको मुख्य आकर्षणमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने छ । यसका साथै, महोत्सवले स्थानीय संस्कृति झल्काउने विभिन्न गतिविधिहरूलाई प्राथमिकता दिने बताइएको छ । स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायहरूको सहयोग महोत्सवको मुख्य आर्थिक स्रोत हुने आयोजकले जनाएको छ । 

उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका वक्ताहरूले बेलौरीका विविध विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin