५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

कैलालीको लम्कीचुहाका विद्यालयमा झोला वितरण गर्ने नाममा ‘बाइबल’को प्रचार

खबर सम्बाददाता ९ पुष २०८१, मंगलवार
कैलालीको लम्कीचुहाका विद्यालयमा झोला वितरण गर्ने नाममा ‘बाइबल’को प्रचार

कैलालीको लम्कीचुहाका सामुदायिक विद्यालयमा झोला वितरण गर्ने नाममा बाइबल र यसुको प्रचार गरिन थालेको छ।

स्थानीय इसाई पास्टरहरूले सामुदायिक विद्यालयमा गएर झोला वितरण गर्दै इसाई मतको प्रचार गर्न थालेका हुन्। केही वर्षदेखि लम्कीचुहा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा विपन्न विद्यार्थीलाई सहयोग गर्ने नाममा कलिला बालबालिकाको आस्था परिवर्तन गर्ने कामले तीव्रता पाएको छ। स्थानीय पास्टरहरूले शिक्षकहरूको सहयोगमा इसाई रिलिजनको प्रचार गर्न थालेका हुन्।

धर्मनिरपेक्षता शब्दको दुरुपयोग गर्दै इसाईहरूले लम्की क्षेत्रमा हिन्दु बालबालिकाहरूलाई आफ्नो मतमा तान्ने अभियान विद्यालयहरूमा चलाउँदै आएको स्थानीयले गुनासो गरेका छन्। पास्टरहरूलाई शिक्षकहरूले इसाई मत फैलाउन सहयोग गरेको केही स्थानीयहरूको दाबी छ ।चार दिन अगाडि लम्कीचुहा नगरपालिका–१ मा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा ३० थान झोला र ३० थान लुगा वितरण गर्ने नाममा स्थानीय पास्टर जनमेजय भट्टराईले बाइबल र इसुको प्रचार गरेका छन्। कलिला बालबालिकाहरूलाई विद्यालयको चौरमा बसालेर लाउड स्पिकरको प्रयोग गर्दै शिक्षकहरूकै प्रयोग गरेर पास्टर भट्टराईले हरेक वर्ष लम्की क्षेत्रका सामुदायिक विद्यालयमा आस्था परिवर्तन गर्ने प्रयत्न गर्दै आएका छन्।

पास्टर भट्टराईले विद्यालयमा इसाई रिलिजन प्रचार गर्न लाग्दा विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको भिडियोहरूमा देखिन्छ। तर, बाइबल र इसुख्रिष्टको बारेमा प्रचार गरेको विषयमा आफूलाई कार्यक्रम सकिएपछि मात्रै जानकारी भएको शहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin