६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

शुक्रवारदेखि पुनः बदली र वर्षा हुने

खबर सम्बाददाता ११ पुष २०८१, बिहीबार
शुक्रवारदेखि पुनः बदली र वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि (शुक्रवार) रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले बिहीबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ।

‘आज खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ’, उनले भनिन्, ‘शुक्रवारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिवार वर्षा हुने देखिन्छ। देशैभर बदली रहेपनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।’

मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन्। आइतवारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ। पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ। उनले भनिन्, ‘मङ्गलवारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ। घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ। पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ।’

मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटेपनि चिसो भइरहन्छ। घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ। मौसमविद्को भनाइमा अङ्ग्रेजी जनवरी महिना सबैभन्दा चिसो महिना मानिन्छ। माघको दोस्रो र तेस्रो सातापछि दिन विस्तारै लम्बिने र तापक्रम पनि थोरै बढ्दै जान्छ। पुसे झरीले अझै जाडो बढ्ने जनाइन्छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin