नेपाली काँग्रेसका प्रतिवद्ध तथा कृयाशिल सदस्यहरुलाई, नेकपा एमालेमा प्रवेश गरेको भन्ने भ्रामक सूचनाले सम्बन्धित व्यक्तिले विहीबार विज्ञप्ती मार्फत ध्याानकर्षण भएको जनाएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखेल प्रमुख अतिथी रहेको मंसिर २७ गते बर्दगोरियामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस बर्दगोरिया गाउपालिका पदाधिकारी र कृयाशिल सदस्यहरुलाई नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको भन्ने भुटा प्रचार गरी आमसभामा नाम समेत बाचन गरि मान मर्दन गरेको प्रति खेद प्रकट गरेको छ ।
नेपाली काँग्रेस बर्दगोरिया गाउँपालिका कोषाध्यक्ष कृष्ण प्रसाद खतिवडा, क्रियाशिल सदस्य सुरेन्द्र खतिवडा, निर्मला खतिवडा र सुवानाथ खतिवडाले नेपाली कांग्रेस पार्टी मै रहेको र पार्टीको निति निर्देशन अनुसार संगठनमा प्रतिबद्धत रहेको विज्ञप्ती मार्फत जनाएको छ ।