६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउनमा माओवादीले खबरदारी सभा गर्ने

खबर सम्बाददाता ११ पुष २०८१, बिहीबार
कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउनमा माओवादीले खबरदारी सभा गर्ने

माओवादी केन्द्रले कञ्चनपुरमा खबरदारी सभा गर्ने भएको छ। नेकपा माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाको टाउन बजारमा पुस १३ गते सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक जनदबाब दिनेगरि खबरदारी सभा गर्न लागेको जनाएको छ।

सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका मुद्दा चलाइरहेको बताए। माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाईलाई माओवादीले शक्ति प्रदर्शनका रुपमा लिएको छ।

उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने माओवादीको दाबी छ। उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश तथा समायोजनको कार्यक्रम पनि राखिएको प्रदेश सभा सदस्य समेत रहेका प्रचार तथा प्रकाशन विभाग प्रमुख ओम विक्रम भाट सरलले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin