६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

वर्तमान सरकार सुशासनको पक्षमा छैन : प्रचण्ड

खबर सम्बाददाता १३ पुष २०८१, शनिबार
वर्तमान सरकार सुशासनको पक्षमा छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार सुशासनको पक्षमा नरहेको बताएका छन्। शनिबार कञ्चनपुरको पुनर्वासमा पार्टीले आयोजना गरेको भ्रष्टाचारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार भ्रष्टाचारी जोगाउन उद्यत रहेको आरोप लगाए। ‘यो सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत छ,’ प्रचण्डले भने, ‘बिचौैलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकारप्रति निराश छन्।’

माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध गतिविधि अघि बढाएपछि अत्तालिएकाहरुले सरकार ढलाएका प्रचण्डले दोहोर्याए। उनले भने, ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचारविरुद्ध अभियान संचालन गरेको थियो। दलका ठुला नेता एवं ठुला कर्मचारी परेपछि सरकार ढालियो।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले चीन र भारत भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै भारत र चीनसंग गरेको विद्युत व्यापार सम्झौता ऐतिहासिक भएको उल्लेख गरे। आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कञ्चनपुरसहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्याबारे स्पष्ट कुरा राखेको जिकिर समेत उनले गरे।

प्रचण्डले आफूले तीनपटक सरकारको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशमा गौरबका आयोजना संचालन गरेको बताए। उनले दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुदूरपश्चिम विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फापला मैदान निर्माणसहितका योजना अघि बढाएको उल्लेख गरे।

माओवादी केन्द्रले पुनः सरकारको नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध थप अभियान छेड्ने प्रचण्डले बताए। गिरीबन्धु, वाइडबडी, ओम्नीलगायत सबै भ्रष्टाचार काण्डका फाइल खोल्ने उनले प्रतिबद्धता जनाए। वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाले देशभर माओवादीप्रति जनलहर बढेको दाबी गर्दै प्रचण्डले ०८४ सालको निर्वाचनमा एक नम्बर पार्टी बन्ने जिकिर गरे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin