५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा भुवा पर्व महोत्सव शुरु

खबर सम्बाददाता १५ पुष २०८१, सोमबार
धनगढीमा भुवा पर्व महोत्सव शुरु

सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्व रहेको भुवा पर्व प्रदेशको कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो । बझाङ सेवा समितीका अध्यक्ष जनक बहादुर सिंहले बताए । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको जानकारी दिए ।
धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउदै आएको छ । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा शुरु भएको बावुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिन्छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin