कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ डुङ्गाको सरस्वती माध्यमिक विद्यालय को प्राङ्गण मा आठौ माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा आठौ माघी मिलन बृहत सांस्कृतिक कार्यक्रम का संयोजक वीर बहादुर चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि भूमि तथा कृषि सहकारी मन्त्री वीर बहादुर थापा (पताल) रहनु भएको थियो भने विशिष्ठ अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना, सपना चौधरी राना, नि वर्तमान अध्यक्ष मदन सेन बड़ाएक , अथिति मा वडा नं ३ का वडा अध्यक्ष टिका राम डगौरा,१ नं वडा अध्यक्ष प्यारे लाल राना ,कार्यपालिका सदस्य ,वडा सदस्य, लालझाडी गाउपालिका भलमन्सा संयोजक अती राम चौधरी, भलमन्सा,चाकर हरुको उपस्थिति रहेको थियो।
कार्यक्रम मा प्रमुख अतिथि ले प्रदेश सरकार बाट लालझाडी गाउँपालिका मा भएको हात्ती आतंक र बढी पीडित को लागि कृषि मन्त्रालय बाट ४० लाख भन्दा वढी बजेट क्षतिपूर्ति को राहत दिन को लागि बजेट विनियोजन गरिएको छु भनेर जानकारी गराउनु भएको थियो साथै प्रदेश सरकार कृषि मंत्रालय ले २ करोड १५ लाख कृषि ज्ञान केन्द्र महेन्द्रनगर संग विभिन्न कार्यक्रम मार्फत बजेट विनियोजन गरेर पठाइसकेको भनेर पनि यसै कार्यक्रम मन्तव्य व्यक्त गरेका हुन।
कार्यक्रम मा राष्ट्रिय कलाकार मोडेल नेहल्जा चौधरी गायिका सोनु कुस्मी र स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको थियो।
कार्यक्रम सञ्चालन कार्यक्रम लाई सब्या भव्य बनाउन का लागि आयोजक ले खेलकुद जगतलाई पनि महत्पूर्ण दिनु पर्छ भनेर पलानटीक सुट आउट खेल सञ्चालन गरेका थिए जसमा १० टीम को सहभागिता रहेको थियो सो खेलमा वडा नं ३ का वडा अध्यक्ष टीका राम डगौरा ले उद्दघाटन गरी बलमी , प्रथम र जाई दोस्रो स्थान प्राप्त गरी विजयी भएका थिए जसमा प्रथम पुरस्कार १० हजार नगद प्रमाण पत्र दोस्रो पुरस्कार ५ हजार नगद प्रमाण पत्र प्रदान गरिएको थियो।कार्यक्रम लाई रामचन्द्र चौधरी र महेश चौधरीले गरेका हुन ।