४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

नेपालको‌ महिला र पुरुष दुवै टोलीले खो खो विश्‍व कपको क्‍वाटरफाइनलमा

खबर सम्बाददाता ४ माघ २०८१, शुक्रबार
नेपालको‌ महिला र पुरुष दुवै टोलीले खो खो विश्‍व कपको क्‍वाटरफाइनलमा

नेपालको‌ महिला र पुरुष दुवै टोलीले भारतमा जारी खो खो विश्‍व कपमा शुक्रवार क्‍वाटरफाइनलमा खेल्दैछन् । बिहीवार बंगालादेशलाई ८४-२४ ले हराउँदै नेपाल महिलातर्फ समूहको विजेताका रुपमा अन्तिम आठमा पुगेको थियो।

सेमिफाइनल प्रवेशका लागि आज नेपालले इरानको सामना गर्नेछ। खेल भारतीय समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।

नेपालको पुरुषत टोली समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको थियो।

नेपालले आज क्वाटरफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल भारतीय समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ ले हराएको थियो ।

महिलाको समूह ‘सी’ को विजेताका बनेको नेपालले ८ अंक जोडेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले हराएको थियो ।

विश्व कपमा महिलामा १९ र पुरुषमा २० टोलीको सहभागिता रहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin