२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलाली ५(क) दोस्रो सम्मेलन सम्पन , अभियानको सिद्धान्त अनुसार वडा तहबाट कार्य सम्पन्न गर्नुपर्ने

खबर सम्बाददाता ४ माघ २०८१, शुक्रबार
कैलाली ५(क) दोस्रो सम्मेलन सम्पन , अभियानको सिद्धान्त अनुसार वडा तहबाट कार्य सम्पन्न गर्नुपर्ने

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ (क) कैलालीको दोस्रो क्षेत्रीय सम्मेलन सम्पन भएको छ । धनगढी–१४ स्थित एच गाउँमा रहेको बुद्ध गुम्बामा सो सम्मेलन सम्लेन भएको हो । क्षेत्रीय सभापति (क) का सीताराम रानाको अध्यक्षता सम्पन्न सम्मेलनको प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य , नीति तथा योजना आयोगका उपाध्यक्ष मा. डा. जीवन राना प्रमुख अतिथि रहेकी थिईन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बिशिष्ट अतिथि रहेका थिए ।


सम्मेलनको प्रमुख अतिथि रहेकी केन्द्रीय सदस्य डा रानाले पार्टीले अगाडी सारेको सय दिने अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिईन् । उनले अभियानको सिद्धान्त अनुसार वडा तहबाट कार्य सम्पन्न गर्नुपर्ने बताईन् । यस्तै केन्दीय सदस्य वडले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने निति लिएकाल संगठन मजबुद बनाउनु पर्ने जोड दिए ।


सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिमका पूर्वमन्त्री देउवाले जन स्तरबाट आएका समस्याको सामाधानको पहल थाल्ने बताए । उनले देशको हरेक विकास र अन्य थुर्पै योगदानमा कांग्रेस अग्रपन्तीमा रहेको दाबी गरे । नेता देउवाले कांग्रेस कार्यकर्ताहरुले इमान्दारीका साथ काम गर्नु पर्नेमा जोड दिए । हरेक विकासमा कांग्रेसको महत्वपूर्ण योगदान रहेपनि प्रचार हुन नसकेकोमा नेता देउवाले दुखेसो व्याक्त गरे ।


सम्मेलनमा पुर्व मन्त्री टेक बहादुर रैका , महा समिति सदस्य बाधुराम चौधरी कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार , सह-सचिव राम समझ राना ,जिल्ला सदस्य तपेन्द्र भुसाल , क्षेत्रिय सचिव महेश गोले , कांगेस नेता मानबहादुर बिष्ट लगायत नेताहरुले पार्टी संगठन बिस्तारमा लाग्नु पर्नेमा जोड दिएका थिएँ ।


सम्मेलनमा धनगढी उपमहानगरपालिकाका ११ वडा र कैलारी गाउँपालिकाका २ गरी १३ वडामा क्षेत्रिय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सम्मलेनको खुल्ला सत्रमा नेताहरुले पार्टी संगठन कसरी मजबुद बनाउने भन्ने बिषयमा आफ्नो धारणा व्याक्त गरेका थिएँ ।


प्रदेश सभाका क्षेत्रीय सदस्य कृतबहादुर बिष्टले अतिथिहरुलाई स्वागत गरेका थिएँ । सचिव निरज बिष्टले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव जमुना भण्डारीले गरेकी थिईन् ।

सम्मेलनमा नेपाली काँग्रेस का केन्द्रीय सदस्य , निती तथा योजना आयोगका उपाध्यक्ष मा. डा. जीवन राना ज्यु मनोनित हुनुभएकोमा बधाई सहित सम्मान र कैलारी गा. पा. -६ का वडा सभापति लाई पार्टीप्रति योगदान गरेको उच्च कदर गर्दै छेदालाल चौधरी ज्युलाई सम्मान गरेका हुन र सहभागि सबैलाई सभापति रानाले धन्यवाद व्याक्त गरेको थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin