बिहीबार नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई कैलालीको ६ लेन सडकमा निकालेको छ।
नेपालगन्जबाट धनगढीको बोराडाडीमा रहेको ब्यारेकसम्म हतियारसहितका गाडीहरू कुदाइएको हो।
नियमित अभ्यास अन्तरगत ४ वटा गाडी गुडाइएको नेपाली सेनाले जनाएको छ।
जानकारी अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन।