२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

देवरिया सामुदायिक वन उपभोक्ता समुहको २१ औं वार्षिक साधारण सभा सम्पन्न

खबर सम्बाददाता १२ माघ २०८१, शनिबार
देवरिया सामुदायिक वन उपभोक्ता समुहको २१ औं वार्षिक साधारण सभा सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवरिया सामुदायिक वन उपभोक्ता समुहको २१ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन समुहका अध्यक्ष शारदा प्रसाद रानाको सभाअध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लोकराज दहाल , विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कपिल रावल , जनप्रतिनिधि , संघ संस्थाका प्रतिनिधिहरु , पुर्व अध्यक्षहरु , समाजसेवी , बुद्धिजीवी तथा उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको नाच तथा गायन प्रस्तुति रहेको थियो ।

कार्यक्रममा आ.व. ०८०/०८१ को ३७ लाख ३२ हजार ५ सय ६१ रुपैया १४ पैसा बराबरको आयव्यय समुहका कोषाध्यक्ष भागिराम चौधरीले प्रस्तुत गरेका हुन ।

आ.व. ०८१/०८२ को १ करोड ३७ लाख ५६ हजार ४ सय ५८ रुपैया बराबरको अनुमानित बजेट लेखा संयोजक पृथ्वी रानाले प्रस्तुत गरेका हुन ।

कार्यक्रममा पुर्व अध्यक्ष भजन राना ,पुष्प कृषक जोगेन्द्र सेठी , प्रशुराम चौधरी र कलाकार पदमा खड्कालाई सम्मान गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समुहका उपाध्यक्ष जगतराम रानाले व्यक्त गरेका हुन । आ.व. ०८०/०८१ को प्रगति प्रतिवेदन र कार्यक्रम संचालन समुहका सचिव संगिना जागरीले गरेकी हुन ।

नयाँ कार्यसमितिको लागि सहमतिको लागि भोलि माघ १३ गते बिहान ११ बजेसम्म समय रहेको भनेर निर्वाचन संयोजक धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारुले जानकारी दिएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin