धनगढी उपमहानगरपालिका ३ बाट ८६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ निवासी २४ वर्षीया ललिता राना र २४ वर्षीया मनिता चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शनिबार दिउँसो से ६ प ६०४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका दुवै जनामाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।