४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीका ५० हजार भन्दा बढी किशोरीलाई एच.पि.भी खोप लगाइने

खबर सम्बाददाता १५ माघ २०८१, मंगलवार
कैलालीका ५० हजार भन्दा बढी किशोरीलाई एच.पि.भी खोप लगाइने

कैलालीमा ५० हजार भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ५० हजार ६ सय १६ जना किशोरीलाई खोप लगाइने भएको हो ।

माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा ५ सय ४६ विद्यालय र १ सय ५९ स्वास्थ्य केन्द्र एवं अन्य ठाउँमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट ४७ हजार ३ सय २६ छात्रा र विद्यालय नजाने ३ हजार २ सय ८७ किशोरीलाई खोप लाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेस कुँवरले जानकारी दिए । जिल्लाको जोशिपुर गाउँपालिकामा माघ २४ गतेदेखी एवं मोहन्यान गाउँपालिकामा माघ २७ गतेदेखी खोप कार्यक्रम शुरु हुने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले जानकारी दिए । अन्य ११ स्थानिय तहमा माघ २२ गतेदेखीनै खोप कार्यक्रम शुरु हुने उनले बताए ।

जिल्लाका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा १० हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा १ हजार १ सय ८ जनालाई एचपिची खोप लगाइने छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर सम्बन्धित स्थानीय तहमा खटिसकिएको बताइएको छ । बिश्व स्वास्थ्य सगंठनबाट मान्यता प्राप्त एचपिभी खोपमा उमेर समुहका सबै किशोरी सहभागी हुन स्वास्थ्य तालिम केन्द्र धनगढीका निर्देशक नरेन्द्र सिहं कार्कीले आग्रह गरे । पाठेघरको क्यान्सरका कारण अकालमै ज्यान गुमाउनुपर्ने परिस्थिती अन्त्य गर्न यो खोप अभियान सञ्चालन भएको बताउँदै उनले आफ्नो भविश्यको चिन्ता गरेर शुरक्षित रहन खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin