४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

तेस्रो लालझाडी अध्यक्ष कप २०८१फुटबल प्रतियोगिताको आज उद्धघाटन

खबर सम्बाददाता १६ माघ २०८१, बुधबार
तेस्रो लालझाडी अध्यक्ष कप २०८१फुटबल प्रतियोगिताको आज उद्धघाटन

कञ्चनपुर जिल्लामा लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज उद्घघाटन हुने भएको छ ।

इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आज देखि सुरु हुने आयोजकले बताएका हुन।

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने प्रतियोगिताको सदस्य सचिव हेमन्त रानाले बताए। मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगितामा युवा तर्फ र भेट्रानको खेल तालिका सार्वजनिक गरिएको छ।

युवा तर्फ २० टिमको सहभागिता रहेको छ भने भेट्रान तर्फ ८ टिम रहेका छन्। नकाउट आधारमा खेलाइने उक्त प्रतियोगिताका खेल आज एक कार्यक्रमका साथ दिउँसो १२ बजे उद्धघाटन गर्ने कार्यतालिका रहेको आयोजक लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन्। उनका अनुसार, प्रतियोगिताको उद्धघाटन खेल लालझाडी -२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुने छ। लालझाडी गाउपालिका मुख्य प्रवर्द्धक, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको प्रतियोगितामा समन्वय सहयोग रहेको छ।

तेस्रो संस्करणमा उत्कृष्ट हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin