४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी गाउँ पालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को तेस्रो संस्करण भब्यताका साथ उद्धघाटन

खबर सम्बाददाता १६ माघ २०८१, बुधबार
लालझाडी गाउँ पालिका  अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को तेस्रो संस्करण भब्यताका साथ उद्धघाटन

कञ्चनपुरको लालझाडी गाउँ पालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भब्यताका साथ उद्धघाटन भएको छ। “हाम्रो सामुहिक गोल, लागू पदार्थ दुर्व्यसनको अन्त्य” भन्ने मुल नाराका साथ लालझाडी ५ देखतभुलिको इटाहा चारपाते युवा क्लबको खेलमैदानमा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ एक कार्यक्रमका बिच उद्धघाटन भएको हो।

प्रतियोगिताको उद्धघाटन खेलमा  लालझाडी -२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच भएको खेलमा लालझाडी -२ कञ्ज टिमले ४-० गोलको अन्तरले प्रगतिशील युवा क्लब लाई हराउदै पहिलो जित निकालेको छ।  खेलका म्यान अफ दि म्याच लालझाडी -२ कञ्जका जर्सी नम्बर ११ का नवीन थापा भए।

प्रतियोगिताको दोस्रो दिन माघ १७ गते ३ खेल हुने छन् । पहिलो खेल लालझाडी -५ पहेंलो र बेलडाँडी गाउँपालिका -१ बिच दिउँसो १ बजे, दोस्रो खेल लालझाडी-५ निलो र लालझाडी-६ चानदेव बिच दिउँसो ३ बजे हुने छ। भने भेट्रान तर्फ पहिलो खेल लालझाडी -४ र कृष्णपुर नगरपालिका-२ बीच बिहान ११ बजे हुनेछ ।

प्रतियोगितामा युवा तर्फ २० टिमको सहभागिता रहेकोछ भने भेट्रान तर्फ ८ टिम रहेका छन्। येसै गरि प्रतियोगितामा लालझाडी गाउपालिका मुख्य प्रवर्द्धकल, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको समन्वय तथा सहयोग रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin