४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

लालझाडी गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास हस्तान्तरण

खबर सम्बाददाता १७ माघ २०८१, बिहीबार
लालझाडी गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत निर्माण भएका १० वटा घरहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक वर्ष २०८० र ८१ मा लालझाडी गाउँपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताअन्तर्गत गडबिजुला सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत सञ्चालित सुरक्षित आवास कार्यक्रममार्फत यी घरहरू निर्माण सम्पन्न भएका हुन् ।

१० महिनाको अवधिमा सम्पन्न भएको उक्त निर्माण कार्यका लागि लालझाडी गाउँपालिकाले ३० लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले संयुक्त रूपमा २० लाख ५० हजार तथा स्थानीय समुदायले १५ लाख बराबरको जनश्रमदान गरेको बताइएको छ । कुल ६५ लाख ५० हजार रुपैयाँ लागत खर्चमा ती घरहरू निर्माण भएका हुन् ।

लाभग्राही परिवारहरूलाई एक कार्यक्रमका बिच घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । लालझाडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पहल बहादुर थापाको अध्यक्षमा आयोजित आवास हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त रहनु भएको थियो । लालझाडी गाउँपालिका, हयाबिट्याट फर हयुम्यानिटि नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताबाट १० वटा घरहरू निर्माण सम्पन्न भई हस्तान्तरण गरिएकोमा उनले खुसी ब्यक्त गरे । आगामी दिनहरूमा समेत यस किसिमका कार्यमा सहयोग गर्न उनले आग्रह गरे ।

कञ्चनपुर जिल्लामा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र आरक्षपीडितहरूको समस्या वर्षौँदेखि समाधानको पर्खाइमा रहेको उल्लेख गर्दै अहिले गठन भएको आयोगले उक्त समस्या समाधान गर्ने गरी कार्य थालनी गरेको उहाँको भनाइ छ । एक लाख १३ हजार ४६७ वटा निवेदन परेको उल्लेख गर्दै निवेदन दिन छुटेका घरधुरीहरूका लागि अन्तिम पटक सूचना जारी गर्नेबारे छलफल भइरहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिकाको अगुवाइमा अहिले १० वटा घरहरू निर्माण भई हस्तान्तरण गरिएको र थप १२ वटा घर निर्माणका लागि सम्झौता प्रक्रियामा रहेको बताउनु भयो । यस कार्यमा महत्त्वपूर्ण सहयोगका लागि हयाबिटयाट फर हयुम्यानिटि नेपाल र निड्स नेपाल प्रति आभार व्यक्त गर्नुभयो । उहाँले सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले स्थानीय तहका जनप्रतिनिधिहरूको सकारात्मक सोचका कारण अतिविपन्न परिवारहरूमध्ये पहिलो चरणमा १० वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सफल भइएको उल्लेख गरे । यस कार्यमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गरे ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपन्न परिवारका लागि विकास साझेदार संस्थाहरूसँग समन्वय गरी गाउँपालिकाले घर निर्माण कार्यलाई सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । आवासको हक नागरिकको मौलिक हकका रूपमा रहेको उल्लेख गर्दै उहाँले सहकार्यका लागि लालझाडी गाउँपालिका र हयाबिट्याट फर हयुम्यानिटि नेपाल प्रति आभार व्यक्त गरे । उनले अन्य पालिकाहरूमा पनि निड्स नेपालले यस किसिमका कार्यक्रमहरूका लागि सहकार्य गरिरहेको उल्लेख गरे ।

आवास हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्व अध्यक्ष बचन बहादुर सिंह, हयाबिटयाट फर हयुम्यानिटि नेपाल र निड्स नेपालका प्रतिनिधिहरू, प्राविधिक टोली, लालझाडी गाउँपालिका वडा नं। १ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका स्थानीय जनप्रतिनिधिहरू तथा अन्य स्थानीय बासिन्दाहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin