कंचनपुरको लालझाडी गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण जारी छ । प्रतियोगिता को दोस्रो दिन तीन खेल भएका छन् ।
दोस्रो दिनको पहिलो खेल भेट्रान तर्फको खेलमा लालझाडी -०४ बिजयी भएको छ । लालझडी -०४ ले सडनडेथ मा कृष्णपुर -०२ लाई हराएको हो ।उक्त खेलमा म्यान अफ द म्याच लालझाडी-०४ का रामधिरज राना भए ।
यस्तै युवा तर्फको पहिलो खेलमा बेलडाडी ०१ र लालझाडी ०५ पहेंलो टिम बीच भएको थियो । जसमा बेलडाडी -०१ ले लालझाडी-०५ पहेलो लाई (५-०) अन्तरले जित निकलेको छ ।
दोस्रो दिनको अन्तिम खेलमा लालझाडी-०६ अनुपस्थित हुदा लालझाडी-०५ निलो टिम्ले वाक ओभर पाउदै दोस्रो चरण मा प्रवेश गरेको छ ।
तेस्रो संस्करणमा उत्कृष्ट हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।