कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा थारु सांस्कृतिक संग्रहालय संरक्षण समितीको आयोजनामा २ दिने थारु समुदायको महत्वपूर्ण चाड माघी पर्वको अवसरमा माघ महोत्सव २०८१ को भव्य रूपमा ७ नं. वडा अध्यक्ष मोती रानाथारुको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी धनगढी उप-महानगरपालिकाका नगर उप-प्रमुख कन्दकला राना , धनगढी वडा नं ६ का वडा अध्यक्ष भागीराम चौधरी , वडा नं ७ का वडा सदस्य बासु राना, सरस्वती चन्द , भलमन्सा ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,कलाकार , स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा, खानपान, नृत्य तथा विविध कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । बिक्रम चौधरी , मनमती बखरिया , रतिराम चौधरी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो ।
पाटेला थारु संग्रहालयको प्रचारप्रसार र संरक्षण गर्नुपर्छ । पटेला गाउँ आज नाचेको छ , झुमेको छ , यो संग्राहलयलाई चिनाउन हामी सबैले सहयोग गर्नुपर्छ भनेर सभाध्यक्ष मोति रानाले बताएका हुन ।
कार्यक्रममा महिलाहरु बिकासको लागि शनिबारे मेला आयोजना गरेका छौ । संस्कृति , पहिचान बचाउने काम हाम्रो हो । यसमा सहयोग गर्दै आईरहेका छौ र हामी सधै सहयोग गर्दैछौ भनेर प्रमुख अतिथि धनगढी उप-महानगरपालिकाका उप-प्रमुख कन्दकला रानाले मन्तव्य व्यक्त गरेकी हुन ।
संग्रहालयमा थारु समुदायको आयस्रोत बढाउनको लागि संग्रहालयलाई संचालन गरेर पर्यटनको विकास गर्नुपर्छ । यस संग्रहालयलाई विकास गर्नको लागि मेयर साप संग प्राथमिकता दिने छौ भनेर धनगढी-६ का वडा अध्यक्ष भागीराम चौधरीले मन्तव्य व्यक्त गरेका हुन ।