कैलाली को धनगढी -७ स्थित सरस्वती माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री माननीय प्रकाश बहादुर बम उपस्थित रहनुभएको थियो।

१ करोड ५७ लाख २० हजार ८ सय ८९ रुपैया ७२ पैसा बराबरको प्राप्ति र २ करोड ७३ लाख ८३ हजार ८ सय ९४ रुपैया ०५ पैसा बराबरको भुक्तानी र बैंक मौज्दात १ करोड ८७ लाख १५ हजार ८ सय रुपैया ६९ पैसा बराबरको सरस्वती मा.वि. का लेखापाल वर्षा रानाले प्रस्तुत गरेकी हुन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चनक लाल चौधरीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारु , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि मा. प्रकाश बहादुर बमले विद्यालयको प्रगति र शैक्षिक गुणस्तरको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका हुन ।
कार्यक्रममा धनगढी-७ का वडा अध्यक्ष मोति रानाले आफुले सक्ने काम अर्को आर्थिक वर्षमा समेट्ने बताएका हुन । कार्यक्रममा मन्तव्य व्यक्त गर्दैगर्दा विद्यालयलाई यो स्थानमा पुगाउन योगदानको कदर गर्दै प्र.अ लाई वडा अध्यक्षले सम्मान समेत गरेका हुन ।

विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर शाहले शैक्षिक उपलब्धिहरू, भौतिक संरचना विस्तार तथा आगामी योजनाबारे जानकारी गराउँदै विद्यालयलाई अझ उचाइमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
अगामी दिनमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्ने भनेर कवि यज्ञराज यात्रीले प्रतिबद्धता गरेका हुन ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालय प्रशासनले सबै अभिभावक, अतिथिहरू तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयको शिक्षामा अझ सुधार गर्ने प्रतिज्ञा व्यक्त गर्यो।