प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय टोलीका १२ जना खेलाडीहरुको सम्मानमा -यालि निकालिएको छ ।
प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय टोलीमा रहेका १२ जना सुदूरपश्चिमका खेलाडी तथा व्यवस्थापकको सम्मानमा -याली निकालिएको हो ।

कैलाली जिल्ला खो–खो संघको सहआयोजनामा सुदूरपश्चिम खो–खो संघले ¥यालिको आयोजना गरेको हो । विश्वकपमा उपविजेता बनेको महिला तथा पुरुष टिमका खेलाडीहरुलाई सम्मान स्वरुप स्वागत गर्न -यालिको आयोजना गरिएको नेपाल खो–खो संघका कोषाध्यक्ष कृष्ण पनेरुले बताए ।
सुदूरपश्चिमबाटै केन्द्रिय समितिमा रहेका पनेरुले महिला टिमको व्यवस्थापनको कार्य समेत गरेका थिए । उनले महिला राष्ट्रिय टिमका ७ जना खेलाडी र पुरुष टिमका ५ जना खेलाडी सहित व्यवस्थापकलाई सुदूरपश्चिम प्रदेश खो–खो संघले स्वागत स्वरुप र्याली आयोजना गरेको बताए ।

काठमाण्डौबाट अत्तरिया पुगेका खेलाडीहरुलाई अत्तरियाबाट बाजागाँजासहित -यालीको आयोजना गरेर धनगढी लगिएको थियो ।
यो संगै सुदूर पश्चिम प्रदेश को प्रतिनिधित्व गर्ने १२ जना खेलाडी देश बिदेश मा आफ्नो प्रदेश र नेपाल कै गर्व संसार भरी चर्चाको विषय खो खो खेल मा आफ्नै विद्यालयको मैदान बाट खेल्न सुरु गरेका ३ जना खेलाडी सहित महिला तथा पुरुष दुबै टिमका १२ जना खेलाडीलाई त्रिभुवन माध्यमिक विद्यालय बोराडाडीले सम्मान गरेको छ ।