लालझाडी गाउँ पालिकामा तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ चली रहेको छ। प्रतियोगिता को चौथो दिन पनि ३ खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा भेट्रान तर्फ लालझाडी-०३ (१-०) लालझाडी गाउँपालिमा कार्यरत कर्मचारी लाई (१-०) को अन्तरले हराएको छ ।खेलमा म्यान अफ दि म्याच गोल कर्ता प्रदिप राना भए ।
त्यस्तै युवा तर्फ शान्ती युवा क्लब बेदकोट-०३ दैजी र मछेली युवा क्लब कृष्णपुर-०२ वाणीबीच भएकोमा दैजिको SYC टिमले (१-०) अन्तर् ले नतिजा आफ्नो पक्षमा हात पारे । खेलमा शान्ती युवा क्लब बेदकोट-०३ दैजी का गोल स्कोरर ग्यानेन्द्र जोशी रहे ।

शनिबार भएको अन्तिम खेलमा लालझाडी-०३ले कलकत्ता युवा समाज बेलौरी-०८ लाई (२-०) गोल ले पाखा लगाए ।म्यान अफ दि म्याच लालझाडी -०३ का विशाल राना भए ।
तेस्रो संस्करणमा उत्कृष्ट हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरिएको हो ।