४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

महाकुम्भ मेलाबाट फर्किने क्रममा एकै परिवारका चार जनासहित पाँच नेपालीको मृत्यु

खबर सम्बाददाता २० माघ २०८१, आईतवार
महाकुम्भ मेलाबाट फर्किने क्रममा एकै परिवारका चार जनासहित पाँच नेपालीको मृत्यु

भारतको महाकुम्भ मेलाबाट फर्किने क्रममा भएको स्कारपिओ दुर्घटनामा एकै परिवारका चार जनासहित पाँच नेपालीको मृत्यु भएको छ ।

बीआर ३२ पिए ४६६१ नम्बरको स्कारपिओ अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो ।दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कारपिओ चालक रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin