४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

गोदावरीको खामौरा बस्ने चौधरीमाथि सिसाको बोतल प्रहार

खबर सम्बाददाता २२ माघ २०८१, मंगलवार
गोदावरीको खामौरा बस्ने चौधरीमाथि सिसाको बोतल प्रहार

कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ। गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुुर चौधरीमाथि गएराति चौकीडाँडामा सिसाको बोतल प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार बोतलले चौधरीको टाउकोमा प्रहार गरिए छ। उनको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए। उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin