कञ्चनपुरमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण जारी रहेको छ ।
जारी खेलमा आज आठौं दिनमा दुई ओटा खेल भएका छन् ।जसमा युवा तर्फको पहिलो खेलमा झिलमिला युवा समाज बेलडाँडी-०५ र लालझाडी-०४ B टीम बीच भएको हो ।उक्त खेलमा बेलडाँडी-०५ ले ५गोल र लालझाडी-०४B टिम ० गोलमा सीमित रहेपछि बेलडाँडी सेमीफाइनल पुग्न सफल भएको छ,र उक्त खेलका म्यान अफ दि म्याच बिराज ओखेडा भए ।

यसैगरी युवा तर्फको दोस्रो खेलमा लालझाडी-०४ A टिमले (३/१) गोलको अन्तरले लालझाडी-०३ लाई हराएर खेल आफ्नो पक्षमा लिई सेमिफाइनलमा प्रवेश हुन सफल भएको हो भने,उक्त खेलका म्यान अफ दि म्याच राममिलन राना भएका हुन् ।
तेस्रो लालझाडी अध्यक्ष कपको फाइनल खेल यही माघको २६ गते शनिबार छ, भनेर लालझाडी खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताए ।