५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढीमा रहेको नोभा हस्पिटलमा बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला

खबर सम्बाददाता २४ माघ २०८१, बिहीबार
धनगढीमा रहेको नोभा हस्पिटलमा बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला

कैलालीको  धनगढीमा रहेको नोभा हस्पिटलमा बिरामी कुरुवा शौचालयमा मृत अवस्थामा फेला परेका छन् ।

बुधवार राति कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन ।

१७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कवीन्द्र सिंह बोहराले बताए ।

राती २ बजेतिर शौचालय गएका राना धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin