२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सम्पन्न, उपाधी झिलमिला युवा समाजलाई

खबर सम्बाददाता २७ माघ २०८१, आईतवार
तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सम्पन्न, उपाधी झिलमिला युवा समाजलाई

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सम्पन्नभएको छ । लालझाडी गाडी खेलकुद समितीको आयोजना सव्य भब्य समापन समारोहका बीच प्रतियोगिता लालझाडी गाउँ पालिका को वडा नम्बर ५ देखतभुलीको इटाहा चारपाते युवा क्लबको खेल मैदानमा सम्प्न्न भएको हो ।

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को दुइ वटा फाइनल खेल भएका थिए । भेट्रान तर्फ कृष्णपुर -०३ ले लालझाडी ४ लाई १ गोलले हराएको थियोे । कृष्णपुर ३ ले नगद ११,००० ,ट्रफी र एउटा खसी हात पार्यो । उपबिजेता भएकोमा लालझाडी-०४ देखतभुली जाइ एउटा खसी र ट्रफी मा चित बुझाउनु पर्यो ।

त्यसै गरि युवा तर्फ झिलमिला युवा समाज बेलडाडी-०५ ट्राइबेकर मा (४-२)गोलले लालझाडी ४ संग बिजयी भयो । विजेता टिम झिलमिला युवा समाजले नगद १,२१,१२१ ,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।उपबिजेता टिम लालझाडी-०४ देखतभुली जाइले नगद ७१,१७१, ट्रफि मेडल र प्रमाणपत्र पायो ।

समारोहका प्रमुख अतिथि तथा लालझाडी गाउपालिका अध्यक्ष निर्मल राना खेलाडी हरु लाई बधाई दिदै अध्यक्ष कप प्रतियोगिता लाई निरंतरता दिने बताए । यसले कंचनपुर मात्रै नभई नेपाल कै लागि खेलाडी उत्पादन गर्न सहयोग गरेको भन्दै अगामी वर्षमा बजेट बढाउने जिकिर गरे । खेलको महत्त्व सबैले बुझ्नु पर्ने , खेल ले लागु औषध तथा दुर्ब्यसनी बाट बच्न सहयोग गर्ने भएकोले सबै मिलि खेलकुदको बिकास गर्नु पर्ने बताए ।

प्रतियोगितामा युवा तर्फ २० र भेट्रान तर्फ ८ गरि २८ टिम सहभागी थिए । माघ १६ गते उद्द्घाटन भएको खेल माघ २६ गते समापन भएको हो । प्रतियोगितामा लालझाडी गाउपालिका मुख्य प्रवर्द्धकल, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको समन्वय तथा सहयोग रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin