४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

उपचारका लागि आर्थिक सहयोगको अपिल

खबर सम्बाददाता २७ माघ २०८१, आईतवार
उपचारका लागि आर्थिक सहयोगको अपिल

दुवै मिर्गौलाले काम गर्न छाडेपछि सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना भएकी उर्मिला रानाको उपचारका लागि परिवारले सहयोगका लागि अपिल गरेको छ। कंचनपुरको पुनर्वास नगरपालिका २ अमरैया बस्ने २४ वर्षीया उर्मिलाको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो।


सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारर्थ उर्मिलाका बुबा पुरन रानाले आफैं मिर्गौला दिएर उनलाई बचाउन चाहेको तर उपचारकै क्रममा आफूसँग भएको रकम खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको बताए । बिरामीलाई बचाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।  

उर्मिला दुबै मिर्गौला फेल भई थला परेपछि उनको परिवारको आर्थिक अवस्था थप नाजुक बनेको छ। शुभेच्छुकले बिरामी उर्मिला राना को नाममा रहेको प्रभु बैकको १८९०२६७६०९७०००१२ खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले अपिल गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin