४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार , दुई जना पक्राउ

खबर सम्बाददाता २८ माघ २०८१, सोमबार
कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार , दुई जना  पक्राउ

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर (नाम सार्वजनिक नगरिएको) रहेका छन्। बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया किशोरीमाथि शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ।

मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती किशोरी कक्षा ४ मा पढ्छिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए।

पकाएको मासु पुर्याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ। आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन्। आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin