४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

ग्रास रुटबाट देखिएका समस्या जरा अभियानले समाधान गर्छ: कैलाली इन्चार्ज राना

खबर सम्बाददाता २८ माघ २०८१, सोमबार
ग्रास रुटबाट देखिएका समस्या जरा अभियानले समाधान गर्छ: कैलाली इन्चार्ज राना

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाले पार्टी ग्रास रुटबाट पहिचान भएका समस्या समाधानका लागी जरा अभियान थालिएको बताएका छन् । आइतबार कैलालीको भजनीमा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय परामर्श बैठकमा उनले यस्तो बताएका हुन ।

पहिलो चरणको ग्रास रुट अभियानबाट पार्टी भित्र असमझदारी, असहयोग र अन्तर्घात प्रमुख समस्याका रूपमा पहिचान भएकाले यसको समाधान गर्दै पार्टीलाई थप बलियो बनाउन वडा तथा टोल केन्द्रित अभियान थालिएको उनले बताए । पछिल्लो समय पार्टी र नेतृत्व प्रति सबैतिरबाट प्रहार भइरहेको उल्लेख गर्दै उनले भने,… “भ्रमलाई चिर्दै, तथ्यमा आधारित सत्य स्थापित गर्दै, जनतामा आशा जगाउन पनि यो अभियान महत्त्वपूर्ण हुनेछ । एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन तल्लो कमिटीहरू बलियो हुन आवश्यक छ । पार्टीको सदस्य बन्ने तर भोट अर्कैलाई हाल्ने समस्या पनि प्रमुख रूपमा देखिएको छ । यसका लागी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र उनीहरूको पहिचान र मूल्याङ्कन पनि यसै अभियान मार्फत हुनेछ ।”

पार्टी भित्रको असमझदारीलाई निर्मूल पार्दै तल्लो कमिटीहरू सशक्त बनाउन उनले निर्देशन दिएका छन् । अधिवेशनका आशा, अपेक्षा र आकाङ्क्षाहरू जे जस्तो भए पनि त्यही सन्दर्भलाई दिएर पार्टी भित्र मनमुटाब गर्ने र पार्टी कमजोर पार्ने छुट कसैलाई नभएको पनि उनको भनाई थियो । “आन्तरिक कलहको अब अर्थ छैन । जुन परिस्थितिमा जे भयो सकियो । अवसर नपाएकाले अब पाउँछन् । पार्टीले निर्णय गरेपछि मान्दिन भन्ने छुट छैन । अब यो अभियानमा नखटेका, पद मात्र ओगटेका, पार्टीको निर्देशन नमान्ने, जिम्मेवारी बहन नगर्ने नेता कार्यकर्ताको कारबाही प्रक्रिया अघि बढ्छ । समयमै सच्चिनु होला ।” उनले भने । स्रोत :nirvikpost

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin