४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

खबर सम्बाददाता २९ माघ २०८१, मंगलवार
पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । साहित्यकार डा। नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा। हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिदैं साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताउनुभयो । उहाँले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने उल्लेख गर्नुभयो  ।

त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा। पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताउनुभयो । पत्रकार उपाध्यायले गत भदौमामात्रै द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याउनु भएको थियो । कोभिड महामारी र द्वन्द्वको क्रममा जे भए त्यसमा आधारित भएर कविता सङ्ग्रह सृजना गरेको लेखक उपाध्यायले बताउनुभयो । विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin