कैलालीको धनगढीमा खुलेआम चक्कु बोकेर सडकमा हिँडिरहेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१४ का ३६ वर्षीय टेकबहादुर टमटा मंगलबार राती सवा ८ बजेतिर ट्राफिक चौराहामा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
सो क्रममा युवक प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पछि ती युवकलाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले पक्राउ परेका युवकको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।