४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

अखिल नेपाल महिला संघ धनगढीको अध्यक्षमा थापा सर्वसम्मत

खबर सम्बाददाता ३० माघ २०८१, बुधबार
अखिल नेपाल महिला संघ धनगढीको अध्यक्षमा थापा सर्वसम्मत

अखिल नेपाल महिला संघ धनगढीको नगर अध्यक्षमा ल्याट्री थापा मगर सर्वसम्मत चयन भएकी छन् । मंगलबार सम्पन्न भएको अखिल नेपाल महिला संघ धनगढी नगर कमिटीको दोस्रो अधिवेशनबाट थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यसैगरी संघको उपाध्यक्षमा रुपा मास्के पुन, सचिवमा रेनुका ढुंगेल, कोषाध्यक्षमा लक्ष्मी सिंह, उपसचिवमा सिता बिक र हरिना रावल चयन भएका छन् । सदस्यहरुमा सावित्री राना, ज्योती थापामगर, सरस्वती सिंह, माया चौधरी, भिमा बिक, रामदुलारी राना, सुनिता चौधरी, हाजिरी रावल, आशाकुमारी सुनार, सपना बिसी लक्ष्मी कुँवर न्यौपाने, लक्ष्मी कोली, इन्द्रा बिक र रेखा बास्तोला पनि सर्वसम्मत चयन भएका छन् ।
मंगलबार राति अबेर सम्पन्न अनेम संघको नगर सम्मेलनको बन्दसत्रबाट नयाँ कार्य समितिको टुंगो लागेको हो । त्यसअघि धनगढी उपमहानगरपालिकाकि उपप्रमुख तथा तत्कालीन अध्यक्ष कन्दकला रानाको अध्यक्षतामा सम्मेलनको उद्घाटन सत्र चलेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin