कैलाली कारागार तोडेर भागेका देवसिंह ठकुरी १२ वर्षपछि पक्राउ परेका छन्।
ठकुरीलाई भारतमा लुकेर रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको हो। ठकुरी कैलाली कारागारबाट भागेका थिए भने भारतमा पनि उनीमाथि लाखौं रकम चोरीको मुद्दा लागेको थियोे। कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका बेला ठकुरी कारागारबाट भागेका थिए।