४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

खबर सम्बाददाता २ फाल्गुन २०८१, शुक्रबार
कैलालीमा  लागू औषध सहित ३ जना पक्राउ

कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बिहीबार राती धनगढीका छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जना युवा पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका – १३ राजपुरबाट लागू औषध सहित गोदावरी नगरपालिका – ५ का २६ वर्षीय मनोज राना ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । यस्तै धनगढी उपमहानगरपालिका – १२ “सी” गाउँबाट सोही ठाउँका २३ वर्षीय किसन बिकलाई २९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


धनगढी उपमहानगरपालिका – १२ “सी” गाउँबाटै ३५ वर्षीय हरि सिंह थापा पनि २६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin