८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

बेहडाबाबा माविको ६४ औं वार्षिकोत्सब सम्पन्न , ९८ वर्षीय ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप बनाए प्रमुख अतिथी

खबर सम्बाददाता २ फाल्गुन २०८१, शुक्रबार
बेहडाबाबा माविको ६४ औं वार्षिकोत्सब सम्पन्न , ९८ वर्षीय ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप बनाए प्रमुख अतिथी


कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १६ स्थित घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालय को ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिनारायण रानाथारुको सभाध्यक्षतामा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि धनगढी-१६ का ९८ वर्षीय ज्येष्ठ नागरिक चामी डगौरा थरुनी , विशिष्ट अतिथि वडा अध्यक्ष रामलाल चौधरी र विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी बुद्धिजीवी शिक्षक अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयका पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो, साथै उत्कृष्ट अभिभावक र शिक्षकहरूलाई पनि पुरस्कृत गरिएको थियो। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विविध मौलिक सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए।

प्रधानाध्यापकले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरुको उत्कृष्ट नतिजा र शिक्षकहरुको ८०% भन्दा बढी हाजिर रहेको बताएका थिए । यस पटक अभिभावकलाई हामी चिया नास्ता कटौती गरेर कृषि उपज विउहरु वितरण गरेका थियौ र आ.व. २०८०/०८१ को आयव्यय २ करोड १० लाख ३१ हजार ५ सय ५४ रुपैयाँ ५२ पैसा बराबरको प्रधानाध्यापक भोजराज शर्माले विवरण प्रस्तुत गरेका हुन । शनिबार र स्थानीय बिदाको दिन पनि विद्यालय संचालन गरेका छौ । विभिन्न विद्यार्थीहरुलाई नगद छात्रवृत्ति वार्षिकोत्सबमा प्रदान गरेका छौ र आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता गरेका हुन ।

कार्यक्रममा धनगढी-१६ का वडा अध्यक्ष रामलाल चौधरीले विद्यालयको शैक्षिक उन्नति र भौतिक पूर्वाधार विकासका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय कलाकार लक्ष्मी राना , राजु चौधरी र डेउडा सामुहिक नृत्यको बेजोड सांगीतिक प्रस्तुति राखिएको थियो । उनीहरूको प्रस्तुतीले दर्शकलाई उत्साहित बनाएको थियो।

विद्यालय प्रशासनले विद्यार्थीहरूको शैक्षिक उपलब्धि, खेलकुद तथा अन्य सहशैक्षिक क्रियाकलापको मूल्यांकन गर्दै विभिन्न उत्कृष्ट विद्यार्थीलाई नगद र पुरस्कारले पुरस्कृत गरेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिनारायण रानाथारुले शैक्षिक सत्र २०८२ मा विद्यार्थीहरुको अनिवार्य रुपमा जुत्ता ,ड्रेस ,टाई , बेल्ट लगाएर विद्यालय आउनुपर्ने भनेर बताएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin