कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ पर्सिया बस्ने दिपराज राना ४ दिन देखि हराइरहेका छन। उनकाे फाल्गुन ४ गते आज विवाह छ तर राना भने बेपत्ता छन् । दुल्हा नै बेत्ता भएपिछ परिवारकाे विचल्ली भएकाे छ । घरमा विहा खाने नातेदार हरु आइ रहेका छन ।
माघ ३० गते बिहान ८ बजे बस बाट धनगढी गएर विवाहमा लगाउने कोट पाइन्ट लिएर अपनी बहिनी को रूम मा कोट पाइन्ट दिइ, विवाहमा आउँदा लिएर आउनु भनी मेरो काम छ मा जान्छु भनेर त्यहाँ बाट हिडेका थिए । त्पसपछि दिपराज राना संपर्क विहिन भएको रानाका दाजु लोकराज राना ले जानकारी गराए। सबै नातेखार मिली खाेज तलास गरे पनि कुनै जानकारी नपाएकाे उनले बताए ।

उता बेहुली तर्फ पनि सबै विवाहको पुर्ण तयारी भैसकेकाे छ ।